रोजगारी अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव

प्रविधिको विकासका कारण अधिकांश काममा बढी जनशक्ति नचाहिने वर्तमान अवस्थामा दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता हो । नेपाली श्रम बजारमा वार्षिक झन्डै ४ लाख नयाँ जनशक्ति थपिन्छ । तर यहाँ रोजगारीका अवसरहरू कम भएकाले युवाहरू विदेश जाने क्रम जारी छ । वस्तुतः तत्कालीन सरकारहरूबाट यहाँ रोजगारी सिर्जनाका लागि खास पहल नभएका कारण आर्थिक वर्ष २०७४-७५ […]

सम्बन्धित सामग्री

देशमै रोजगारी सिर्जना गराैँ, श्रमिक र श्रमको सम्मान गरौँ

मात्रिका चाम्लिङ/खोटाङ्ग, हाल मलेसिया दैनिक मजस्ता हजारौँ युवाहरु रोजगारीको खोजी गर्दै परदेशिने क्रम रोकिएको छैन । अदक्ष मात्र होइन दक्ष जनशक्ति पनि कामको खोजीमा विदेश गइरहेको छ । देशमा उद्योगधन्दा नहुँदा, पर्याप्त रोजगारी नहुँदा, उचित पारिश्रमिक नहुँदा मलेसिया लगायत गाडी देशहरु हाम्रा रोजगारीका गन्तव्य बनेका छन् । दुःख पाएर पासपोर्ट बनाउने र दुःख गर्नैको लागि परदेशिनु हामीहरुको बाध्यता बनेको छ अहिले । यसरी विदेशिने युवाहरु कोही पनि रहेरले विदेशिएका छैनन् । आफ्नो घरपरिवारलाई केही खुशी दिन र घरको आर्थिक अवस्था...

दक्ष जनशक्ति उत्पादन र रोजगारी

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य बढेको छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढदा त्यसको सकारात्मक पक्ष रेमिट्यान्सबाट प्राप्त भइरहे पनि अन्तरिक रोजगारी सिर्जनाका विकल्प कम हुँदै गएको र श्रमशक्ति पलायन पनि सँगसँगै बढेको छ । विश्वका अधिकांश मुलुकको विदेशी मुद्रा आर्जनको एउटा प्रमुख स्रोत रेमिट्यान्स बन्दै […]

आकर्षक श्रम गन्तव्यमा नेपालीको माग बढ्यो

सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका हुन् ।१ वर्षयता सरकारले मासिक २ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने नयाँ रोजगार […]

आकर्षक श्रम गन्तव्यमा नेपालीको माग बढ्यो

काठमाडौं । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका हुन् । १ वर्षयता सरकारले मासिक २ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक […]

दक्ष जनशक्ति लिन यूएईलाई नेपालको प्रस्ताव, यूएई सकारात्मक

यूएई – श्रम गन्तव्य देश यूएई दक्ष नेपालीलाई यूएईका विभिन्न क्षेत्रमा रोजगारीको अवसर दिन सकारात्मक देखिएको छ । आबुधावी डाइलगमा सहभागी हुन यूएई आउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले बुधबार आबुधावीमा रहेको नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, बैंकिङ्ग तथा प्रविधि लगायतका क्षेत्रमा दक्षता भएका श्रमिकलाई रोजगारी दिन नेपालले राखेको प्रस्तावमा यूएई सकारात्मक देखिएको बताउनुभएको हो ।  यूएईमा जारी छैठौं आबुधावी डाइलगमा यस वर्ष नेपाल...

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री पौडेलले शिक्षित बेरोजगारको समस्या समाधान गर्न दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौँतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्न

दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक : शिक्षा मन्त्री पौडेल

कात्तिक ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा बुधवार भएको भेटमा मन्त्री पौडेलले नेपालमा शिक्षित बेरोजगारको समस्या रहेको भन्दै त्यसको अन्त्यकालागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।  ‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौंतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्नुपर्छ ।’ मन्त्री पौडेलले विद्यमान कानूनी व्यवस्थाभित्र रहेर आफ्ना व्यवसाय अघि बढाउन आग्रह पनि गरे ।  उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्ने गरी अघि बढाउन लागिएको पनि जानकारी दिए । ‘सिटिइभिटीका कार्यक्रम विश्वविद्यालयसँग कसरी जोड्न सकिन्छ भनेर पनि हामी हेरिरहेका छौं,’ उनले भने । उनले परिसंघले नीति निर्माणमा महत्वपूर्ण सुझाव प्रस्तुतगर्ने गरेको भन्दै प्रशंसा पनि गरे ।। भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने भन्दै त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले सीपयुक्त र दक्षजनशक्तिउत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सृजना गर्नुपर्ने उल्लेख  गरे । अग्रवालले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान शुरु गरेको र यसको एउटा उद्देश्य नेपालमा वार्षिक १ लाख ५० हजार रोजगारी सृजना गर्नु रहेको पनि बताए ।  छलफलका क्रममा परिसंघ अन्तर्गको एजुकेसन काउन्सिलका सभापति द्विराजशर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव मन्त्रीपौडेल समक्ष  प्रस्तुत गरेका थिए । परिसंघले प्रस्तुत गरेको सुझावमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई बजारको मागअनुरूप जोड्नु पर्ने तथा विश्वका उत्कृष्ट प्राविधिक तथा व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा केही वर्ष नमूना कार्यक्रमहरू सञ्चालन गर्ने गराउने व्यवस्था गरिनु पर्ने उल्लेख छ । सो अवसरमा परिसंघका उपाध्याक्षहरू कृष्णप्रसाद अधिकारी, हेमराज ढकाल र रोहितगुप्ताका साथै एजुकेसन काउन्सिलका सदस्यहरू सन्तोष प्याकुरेल र साइमन दाहाल तथा परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति रहेको थियो ।

सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादन गर्न भर्टेक्स ग्लोबलले सहयोग गर्ने

नेपालमा भारतीय लगानी तथा प्रविधि भित्र्याउनुका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन भारतको बिओपी कम्पनी भर्टेक्स ग्लोबल सर्भिसेज इन्डिया र नेपाली कम्पनीहरूबीच समझदारी भएको छ । बुधबार काठमाडौंमा भएको सम्झौतापत्रमा भर्टेक्स...

मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव

वैदेशिक रोजगारीमा युवा पलायन हुँदा मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव भएको छ । पिसानी र प्याकेजिङका लागि जनशक्ति अभाव भएको विराटनगरस्थित विके मसला उद्योगका प्रबन्ध निर्देशक विवेककुमार अग्रवाल बताउँछन् । “स्वदेशमा रोजगारी पाइएन भन्दै युवाहरू विदेशिने क्रम बढ्दो छ,” उनले भने, “तर, दुर्भाग्य हामी उद्योग चलाउनेलाई कामदार पाउनै मुस्किल छ ।”