धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। साँझ महालक्ष्मीको पूजा र राति जाग्राम बसेसँगै १५ दिन लामो बडादसैँको दुर्गा पक्ष समापन गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रीय विधिअनुसार गरिने अखिल बलिपूर्तिको काम पनि आजै सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद […]
काठमाडौँ । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ । यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् आपूर्ति समेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। हाल […]
बाढीले केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा पनि नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार गरेको छ। असोजमा मात्रै भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत् बिक्री भएको हो। प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ […]
जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । उनका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान […]
थाइल्यान्ड सरकारकी उपप्रवक्ता ललिदा पर्स्विवतानाले डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालयले सशुल्क विज्ञापन राख्ने सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ नियम लागू गर्न सम्बन्धित कम्पनीहरूसँग काम गरिरहेको बताइन्।