काठमाडौँ। दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनी राप्रपा नेपाल त्यागी राप्रपा फर्किएका हुन्।
संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको उल्लेख गर्दै राजभण्डारीले राप्रपामा फर्किएको बताए।