एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तमा बालिकालाई बलात्कारबाट बचाउन भन्दै अनौठो विधेयक पेस गरिएको छ। त्यो विधेयक स्वीकृत भएको खण्डमा १८ वर्षमा विवाह गर्नु अनिवार्य हुनेछ। उक्त कानुन उल्लंघन गर्नेलाई सजाय दिने प्रावधान पनि मस्यौदामा उल्लेख छ। यसबाट सामाजिक खराबी, बलात्कार तथा अनैतिक गतिविधि नियन्त्रणमा मद्दत पुग्ने पाकिस्तान सरकारको विश्वास छ। विधेयकलाई ‘सिन्ध अनिवार्य विवाह अधिनियम–२०२१’ नाम दिइएको छ।