प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामा काँग्रेसको जित

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको वडामा नेपाली काँग्रेसले जितको छ। मुख्यमन्त्री राई  नेकपा (एकीकृत समाजवादी)का सचिव समेत हुन्।भोजपुरको षडानन्द नगरपfलिका-११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपालकुमार कार्कीले जितेका छन्। उनले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत प्राप्त गरेका छन्।एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन्। षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले जितेको छ।

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई प्रदेशसभा सदस्यमा निर्वाचित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर 'क' बाट निर्वाचित भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश १ को नाम किरात–सगरमाथा वा किरात–कोसी हुन सक्छः मुख्यमन्त्री राजेन्द्र राई

काठमाडौं, १३ असार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण १० साउनभित्रै टुंग्याउने बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै मुख्यमन्त्री राईले भने, “प्रदेशको नाम यही बजेट अधिवेशनमा राखिसक्ने अधिकतम पहल गरेका छौं । हामी करिब करिब सहमतिको नजिक छौं । सम्भवतः […]

‘फुलबुट्टे सारी’ मा राजेश हमालसँगै प्रदेश १ का मुख्यमन्त्री राईको डान्स

विराटनगर : पछिल्लो समय योजना बेगरका सानातिना कार्यक्रममा गएको भन्दै आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापाको काँकडभिट्टामा शुक्रबार आयोजित ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाङ्गीतीक यात्रामा मुख्यमन्त्री सहभागी भए। गायिका मिलन नेवारले ‘फुल बुट्टे सारी’ बोलको गीत गाउँदै गर्दा कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए। ‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएको  उक्त

प्रदेश १ काे नाम राख्न मुख्यमन्त्री राईलाई माधव नेपालको सुझाव

झापा, २० मंसिर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी) सचिव हुन् । एमाले विभाजन हुनुपूर्व उनी एमालेबाट ‘हाइप्रोफाइल’ सांसद हैनन् । एमालेभित्रको विवादका क्रममा माधव नेपालनिकट भीम आचार्यले प्रदेश-१ मा अगुवाई गरेका थिए । तर, पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि राईले नेतृत्वको मौका पाए । केन्द्रमा भएको पाँच दलीय गठबन्धनको […]

प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई

(बेलगाँडी) झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार दिउँसो गायक प्रेमराजा महतको प्रत्यक्ष गायनमा छमछमी नाचे । मुख्यमन्त्री नै नाचेपछि कलाकारहरु पनि के कम । उनलाई नृत्यामा अभिनेता दीलिप रायमाझी, रमित ढुँगाना, अभिनेत्री केकी अधिकारी, वर्षा राउत, दीपाशा बिसी, गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी लगायत विभिन्न कलाकारले साथ दिए । अमेरिकाबाट सञ्चालित दुई […] The post प्रेमराजाको गीतमा छमछमी नाचे मुख्यमन्त्री राजेन्द्र राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश–१ मा राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रिमण्डल गठन

विराटनगर-प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । […]