कैलाली १ बाट नागरिक उन्मुक्तिकी रञ्जिता १२ हजार मतान्तरले विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरी विजयी भएकी छन्। गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतको फराकिलो अन्तरले हराउँदै उनी विजयी भएकी हुन्। रञ्जिताले...

सम्बन्धित सामग्री

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार […] The post कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक उन्मुक्ति पार्टीकाे कैलाली–१ मा क्लीन स्वीप

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार […]

नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी

कैलाली – नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको  छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ । कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार […]

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिनस्विप

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका  छन्।यहाँ प्रतिनिधिसभामा पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे।यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेक

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

काठमाडौँ- कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ । तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक […]

कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी – प्रतिनिधि सभाअन्तर्गत कैलाली क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। कैलाली १ मा १५०२ मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले ६९१, नेपाली कांग्रेसका रामजनम चौधरीले ४११, नेकपा एमालेका तपेन्द्र रावलले १८३ मत पाएका छन्। यस्तै क्षेत्र नम्बर ३ मा १८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगा […]

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठलाई सुरुवाती अग्रता

धनगढी – कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। ६०१ मत गन्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले २६९, नेपाली कांग्रेसका रामजनम चौधरीले १६० र नेकपा एमालेका तपेन्द्र रावलले ८४ मत पाएका छन्।

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली । कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याउनु भएकाे छ । उहाँलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहनु भएकाे छ। एमालेका तपेन्द्र रावलले २४ मत ल्याउनु भएकाे छ।

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई […]