३ अर्ब लगानीमा होटल र्याडिसनको चेन होटल विराटनगरमा

होटल र्याडिसनको चेन होटल प्रदेश १ को विराटनगरमा खुलेको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले होटल र्याडिसनसँग अनुमति लिएर विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल खोलेको हो । होटल सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको र केही महिना भित्रै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  सोमबार संघीय राजधानी काठमाडौंस्थित  होटल र्याडिसनमा एक कार्यक्रमका बीच कम्पनीले ब्रान्ड अनुबन्धको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विराटनगरको विराट चोकमा रहेको होटल र्याडिसन ३० कठ्ठा क्षेत्रफलमा बनेको सेन्चुरी