बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी सरकार गठनका लागि सहयोग गर्न नसक्ने बताए ।
आफूहरूको सहर्थनबिना प्रधानमन्त्री दाबी गर्न नजान सुझाउँदै उनीहरूले अर्का अध्यक्ष यादव पक्षलाई मात्र साथ लिएर राष्ट्रपतिकोमा गए त्यसलाई अस्वीकार गर्न पत्र पठाइसकेको जानकारी गराएका थिए।
ठाकुर र महतोसँगको भेटपछि देउवाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको निकटकालाई बताएका थिए। त्यसलगतै पार्टी पदाधिकारी बैठक बोलाएका देउवाले ठाकुरसहितका नेताहरू वैकल्पिक सरकारका लागि तय...