स्थानीय तहको निर्वाचन दिनानुदिन रोचक बन्दै गएको देखिन्छ। प्रमुख राजनीतिक दलहरूका शीर्षस्थ नेतृत्वको अराजक र आक्रोशित अभिव्यक्तिबाट चुनावी परिदृश्य तनावग्रस्त बन्दै जाने सम्भावना बढेको छ। दलीय आस्था भन्दा पनि व्यक्तिगत प्रभावबाट नियन्त्रित हुँदै गएको वर्तमान परिस्थितिले कस्तो दिशानिर्देश गर्छ भन्नेकुरा बुझ्नु आवश्यक देखिन्छ। गत साता चितवनको भरतपुर महानगरपालिका निर्वाचन प्रयोजनका लागि नारायणगढमा आमसभालाई सम्बोधन गर्न […]