अष्ट्र्लियाको सरकारले समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानून पारित गरेको छ।यो कानून प्रस्ताव गरेदेखि नै त्यहाँको सरकार र यी दुई अमेरिकी 'टेक जायन्ट' कम्पनीबीच तनावको स्थिति छ।यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिङ्क सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।अघिल्लो साता बिहीबारदेखि लगाइएको सो प्रतिबन्ध मंगलबार फुकुवा भएको