कर्णाली प्रदेशमा असार १५ गतेसम्म २८ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा २८ प्रतिशत धान रोपाइँ सकिएको हो ।कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा स