चितवन- नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रपछि सहभागीहरु फर्कने क्रममा सुरक्षा अव्यवस्थाले सारा भरतपुर क्षेत्र नै अस्तव्यस्त बनेको छ। साँझ ६ बजिसक्दा पनि नारायण क्षेत्रबाट बाहिर निस्कन चाहनेहरु सहर क्षेत्रमै थुनिएको अवस्था छ। नारायणी पुलमा हजारौँ मानिसहरुले बसेर महाधिवेशनस्थलको अवलोकन गरेका थिए। उद्घाटन सत्र सकिएपछि सहभागीहरु घर जान हतार गर्दा ट्राफिक अस्तव्यस्त बनेको थियो। […]