घुन्सा हेलिकप्टर दुर्घटनाकाे १६ वर्ष पूरा : निधन हुनेकाे सम्झनामा राष्ट्रिय संरक्षण दिवस मनाइँदै

ताप्लेजुङ - ताप्लेजुङको घुन्सामा श्री एअरलाइन्सको हेलिकप्टर दुर्घटना भएको आज सोह्र वर्ष पूरा भएको छ । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो । दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको ठाउँ घुन्सामा स्मृति कार्यक्रम गरिँदैछ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रले संरक्षण क्षेत्रमा रहेका हरेक मठ, मन्दिर, गुम्बाहरुमा दीप प्रज्वलन गरिएको छ । दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, उहाँकी श्रीमती मीना राई, भूगोल...

सम्बन्धित सामग्री

‘वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउने काम भइरहेको छ’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५० औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा आज कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताए ।उनले वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै भने, “तपाईंहरूले वन्यजन्तुको संरक्षण गर्नुहोस् । तपाईंहरुको संरक्षण सरकारले गर्छ ।” समुदायका लागि &nb

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली संकलन अभियान

चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गुलेली संकलन अभियान सञ्चालन गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले १४औं राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली संकलन अभियान सञ्चालन गरेको हो ।  गौरीशंकर संरक्षण क्षेत्र आयोजना र प्रहरीले बिहीवार संयुक्त रूपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली संकलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर संक...

राष्ट्रिय संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको असोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ । २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले ...