चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गुलेली संकलन अभियान सञ्चालन गरेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले १४औं राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली संकलन अभियान सञ्चालन गरेको हो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना र प्रहरीले बिहीवार संयुक्त रूपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली संकलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर संक...