एउटा नेपाली उखान छ – एक पन्थ दुई काज अर्थात् एक प्रयत्नबाट दुईटा लाभ ।
हो, त्यही भावसँग मेल खान्छ कञ्चनपुरका एक अगुवा कृषकको कृषि कर्म । उनी एउटा बालीमा गर्छन् लगानी, अर्को बालीबाट शून्य लगानीमा लिन्छन् मनग्यै आम्दानी ।
उनी हुन् कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३७ वर्षीय आसरे राम बडायक । उनी ६ विघा जमिनमा धान, गहुँसहित व्यावसायिक उखु र आलु खेती गर्छन् ।
उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फल...