ओमिक्रोन त्रास : अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड१९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वमानव समुदाय पछिल्लो समयमा आएर ओमिक्रोन भेरियन्टका कारण झनै चिन्तित बन्न पुगेको छ । उसले हालसम्म विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । ओमिक्रोनले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ ।
पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक तर कम खतरनाक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा असर पुर्याएको छ । प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रस्त बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन शुरू गरेका कारण पर्यटन व्यवसाय पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता विश्वव्यापी रूपमा बढिरहेको छ ।
सन् २०२१ को ११ महीनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३ सय दुई जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९मा भने ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ ।
सन् २०२० को दोस्रो अन्तिम महीनामा १ हजार ९ सय ५६ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२० मा कोरोनाका कारण लामो समय विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाएनन् । तथ्यांकअनुसार भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा र कम जुन महीनामा नेपाल भित्रिएको देखिन्छ । यस्तै, जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महीनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८ र अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी नेपाल भित्रिएका थिए । केही समयअगाडि सामान्य गति लिएको नेपाली पर्यटन क्षेत्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रस्त बन्न पुगेको छ । अब विश्वको पर्यटन पुरानै लयमा कहिले फर्कने होला भन्ने चिन्ता छाएको छ । नेपाल सरकारले विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको आगमनमा कडाइ गरेपछि नेपाली पर्यटन क्षेत्र सुस्ताएको हो ।
हाल जापान, इजरायल, अस्टेलिया, बेल्जियम, अस्टियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका कारण नेपाली पर्यटन बजार संकुचित बन्न पुगेको छ । हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसेथो, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै नेपाली पर्यटन क्षेत्रमा बादल मडारिएको देखिन्छ । संक्रमणको जोखिम भएको मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयले पनि बाह्य पर्यटन क्षेत्र प्रभावित भएको छ । आन्तरिक उडान प्रभावित भएका कारण विदेशी पर्यटक नेपालमा प्रवेश गर्ने क्रम शून्य भएको छ भने सरकारले अत्यावश्यक कामबाहेक नेपालीलाई पनि विदेश भ्रमणमा नजान आग्रह गरेको छ । हालसम्म ओमिक्रोनबाट दक्षिण अफ्रिका, यूरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् ।
दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले उक्त देशमा आवतजावतमा रोक लगाउन थालेका हुन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेशन पाइएका छन् । यसमध्ये ३० ओटा स्पाइक प्रोटिनमा म्युटेशन भएको देखिन्छ । यसका कारण यो तीव्र संक्रामक बनेको हो । शुरूमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेशन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ । यस कारण बन्दाबन्दीको अवस्था सृजना भएको छ र त्यसले मानिसको आवागमनमा समेत बाधा पुर्याएको छ । यसको गम्भीर असर नेपाली पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्य्रएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्नका लागि हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिसहरू प्रभावित भएका छन् ।
लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को 'ओमिक्रोन' भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म याे भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फर...
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ । केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न […]
The post अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि य...