बौद्ध दर्शन र ज्ञान पाठ्यक्रममा समावेश गरी अध्यापन गराउन सके बुद्ध शिक्षाले सार्थकता पाउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव उद्घाटन गर्न लुम्बिनी आएकी उनले बिहीबार भनिन्, ‘विश्वलाई अहिंसा र शान्तिको शिक्षा चाहिएको छ, त्यो हामी विश्व शान्तिको मुहान लुम्बिनीबाट दिन सक्छौं ।’