कर्णाली प्रदेशका सुर्खेत र रुकुम पश्चिम बाहेकका आठ जिल्लाका पालिकाहरुमा भागबण्डा गरेर जाने सहमति भएपनि गठबन्धन दलले एक्ला-एक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको प्रदेश संयन्त्रले चार दिन लगाएर भागबण्डा गरेर जाने सहमति गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।गत सोमबार गठबन्धन दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाट छुट्टा–छुट्टै मनोनयन दर्ता भएको छ भने हुम्लाका धेरैजसो पालिकाहरुमा बागी उम्मेदवारी परेको छ