काठमाण्डाै - नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय तार्केश्वर उमा कुङ्फु स्कुलको टोली हिजो भारतको पञ्जाब गएको छ।
आज र भोलि हुने प्रतियोगितामा दुई पुरुष र चार महिला खेलाडीले उमा कुङ्फु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् । प्रशिक्षकमा तार्...