नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार प्रहरी धरपकडको विरोध गर्दै सोमबार विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।