गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले एक महिनामा साढे २४ लाख भ्युज पाएको छ ।
जुलाई ८ मा भागिरथ चलाउने युट्युब च्यानलमा अपलोड भएको गीतलाई दिनमै करीब एक लाख दर्शकले हेर्दै आएका छन् ।
गीतमा गायक चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । रामु पोर्तेलको शब्दलाई गायक चलाउनेले नै संगीतबद्ध गरेका हुन् ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा भागिरथ चलाउनेका साथै करिष्मा ढकालले अभिनय गरेका छन् । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।
गायक चलाउनेका यसअघिक...