काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औं मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो। जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १० औं स्थानमा छ।ला लिगाकै अर्को खेलमा
एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति तीन खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोना क्याडिजको भ्रमणमा निस्कदैछ । क्याडिज र बार्सिलोनाबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे क्याडिजमा हुनेछ । बार्सिलोना घरेल टोली क्याडिजलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको […]