नेपाल पर्यटन वोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो । रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम प्रदान …