गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताक