कञ्चनपुर : दशैं तथा तिहार लक्षित गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाएको छ।चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको हो।यसैगरी तिहारमा कात्तिक १९ गते साँझ ७ बजेदेखि भाइटीकाको दिनको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण