सङ्खुवासभा हत्या प्रकरण : आफूलाई ‘अल्छी र काम नलाग्ने’ भनेका कारण हत्या गरेको आरोपीको बयान

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले पारिवारिक कुण्ठाका कारण हत्या भएको पाइएको बताउनुभएको हो ।  विदेश गएर बिरामी परि फर्किएका लोकबहादुरलाई काका नाताका मृतक तेजबहादुर कार्कीले सम्झाइबुझाइ गर्ने गरेका र त्यसलाई लोकबहादुरले आफ्ना छोरा विदेश गएर कमाए भनी काकाले आफूलाई हेपेको रूपमा बुझ...

सम्बन्धित सामग्री

सङ्खुवासभा हत्या प्रकरण : शङ्कास्पद व्यक्तिको डीएनए परीक्षण गरिँदै

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको    सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही  व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।   गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले   अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र  अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण  प्रक्रिया सुरु गरेको हो ।    &n

सङ्खुवासभा  हत्या प्रकरण : मृतकको इटहरीमा सामूहिक दाहसंस्कार गरियो

सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।&nb…

सङ्खुवासभा हत्या प्रकरण : घरमा सुन र ४ लाख ७१ हजार नगद भेटियो

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘लुटेरा समूहले हत्या गरेको’ आशङ्कामा पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट हत्या नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अ

सङ्खुवासभा हत्या प्रकरण : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो।

सङ्खुवासभा हत्या प्रकरण : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ ।प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

सङ्खुवासभा – सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको गएकाे आइतवार राति हत्या भएकाे हाे ।  प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन क...

सङ्खुवासभा हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने

काठमाडौँ। सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो । प्रहरीले सबै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ […]

सङ्खुवासभा हत्या प्रकरण - ८५ वर्षीय वृद्ध जाेगिए

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा सोमवार बिहान ६ जनाको शव फेला परेको छ ।एकै परिवारका ६ जनाको हत्या भएको हो भने घरमुली ८५ वर्षीय बौदमान कार्की भने सकुशल नै रहेका छन् । हत्या हुनेमा स्थानीयवासी ८४ वर्षीया पार्वती कार्की, उहाँका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी छोरी ३२ वर्षीया रञ्जना कार्की, छोरा ११ वर्षीय दिपेन कार्की र छोरी सात वर्षीया गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज...