सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो । &n