धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ। ‘करिडोरमा अवरोध हटाउन र अधुरा काम अगाडि बढाउने कार्य भइरहेको छ। अब छिट्टै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ,’उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन्। सहरी विकास मन्त्री मेटमणि चौधरीले केही दिनअघि अनुगमनका क्रममा नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन र रोकिएका कार्य पुरा गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए।