युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा प्रतिबन्धहरुको कारण खेल क्षेत्रमा पनि समस्या देखिन थालेकाे छ । पश्चिमा देशहरुले अन्य आर्थिक प्रतिबन्धसँगै खेल क्षेत्रमा पनि प्रतिबन्धहरु बढाउँदै लगेपछि रुसी खेल क्षेत्र समस्यामा पर्न थालेको हो ।
अन्तर्राष्ट्रिय कम्पनीहरुले रुसी खेलका संघसंस्था तथा विभिन्न क्लबहरुसँगको साझेदारी तोडेका छन् भने खेल सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रतिबन्ध लगाउन थालेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । यो प्रति...