काठमाण्डाै – जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले 'नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक' प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको नागरिकता विधेयक संविधान र संसदीय सर्वोच्चताको मान्यताको आधारमा पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुको विकल्प नरहेको उहाँको तर्क थियो ।
सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नका ला...