काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौँमा आयोजित केन्द्रिय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो जानकारी दिएका हुन्।