काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिइकाई खुद मूल्य साउन मसान्तसम्म ८ रुपैयाँ ९६ पैसा कायम भएको छ । असार मसान्तसम्म ९ रुपैयाँ रहेको योजनाको प्रतिइकाई खुद मूल्य साउनमा भने घटेको हो ।
यस अवधिसम्म योजना १७ लाख २९ हजार रुपैयाँ नोक्सानीमा छ । असार मसान्तसम्म योजना ३ करोड ६७ लाख रुपैयाँभन्दा बढी नाफामा थियो ।
साउन मसान्तसम्म योजनाको आम्दानी ऋणात्मक हुँदा नाफामा असर परेको हो । असार मसान्तसम्म ४ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको जम्मा आम्दानी रकम साउन मसान्तसम्म भने ९ लाख ६७ हजार ऋणात्मक छ । खर्च भने असार मसान्तसम्म ५१ लाख १५ हजार रुपैयाँ भएकोमा साउन मसान्तसम्म ७ लाख ६२ हजार रुपैयाँ मात्र भएको हो ।
खुलामुखी प्रकृतिको यस योजनाको इकाई साउन मसान्तसम्म ४ करोड ७५ लाख ५९ हजार २३९ दशमलव ६३ कायम भएको छ ।
धितोपत्र र बैंक मुद्दती निक्षेपमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले साउन मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानी धितोपत्र दलाल कमिसनसहित ३५ करोड ८६ लाख रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाले गरेको लगानीको बजार मूल्य भने ३२ करोड ६६ लाख ६३ हजार रुपैयाँ छ ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्