काठमाडौं : तपाईंको घरमा पाहुना किन आउँछन्? पाहुना आगमनले घरमा ल्याउन उल्लास के हो? हामी किन पाहुना हुन आफन्तको घरमा जान्छौँ? पाहुनाले बोकेको सामाजिक महत्व के छ?यो कन्टेन्टमा हाँस्यरस मिसाएर कमेडी च्याम्पियनका कैलाश कार्कीले टप ५ मा पुग्ने सपना देखेका थिए। रिहर्सल चलिरहेको थियो। उनी कन्टेन्ट सम्पादन गरिरहेका थिए।तर, च्याम्पियनको व्यवस्थापनका एक सदस्यले उनलाई फोन गरेर भने, ‘एकछिन भेटौँ, कता हुनुहुन्छ?’ उक्त सन्देश कार्कीलाई मात्र आउनु भनेको सायद आउट हुनुको कारण थियो। त्यसपछि