बाराबाट प्रदेशसभामा एमालेका देवनारायण चौधरी निर्वाचित

७ मंसिर, बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने […]

सम्बन्धित सामग्री

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारःबारा क्षेत्र नं. १प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)बारा क्षेत्र नं. २प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)प्रदेशसभा २(१): सारदा संकर कलवार (स्वतन्त्र)प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)बारा क्षेत्र नं. ३प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)बारा क्षेत्र नं. ४प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)

बारा-४ (१) को प्रदेशसभामा एमालेका चौधरी निर्वाचित

बारा- बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाएका छ...