काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनाको अन्तिम नतिजा सार्वजिक हुने कार्य ढिलाई भएको छ ।
शेरबहादुर देउवापक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङसँग विजय भएको अनौपचारिक जानकारी निर्वाचन समितिले दिइसकेको छ। तर, उक्त मत परिणामप्रति असहमति जनाउदै उपसभापतिका अर्का उमेदवार विजयकुमार गच्छदार गणनास्थल सानेपा आउने भएपछि औपचारिक मत...