विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप व्रिmकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।