काठमाडौं : ३ एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो एकदिवसीय खेलमा केन्याले नेपालसामु २ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङमा आएको घरेलु टोली केन्याले ४८ दशमलव १ ओभरमा २ सय १८ रन बनाएको हो। केन्याका लागि राकेप पटेलले ६७, कोलिन्स ओबुयाले ६२, इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ तथा आदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए। जिमखाना क्रिकेट मैदानमा भएको खेलमा अहिले नेपालले जव