बेमौसमी वर्षातका कारण जनजिवन कष्टकरसँगै सरस्वती पूजाको उत्सवलाई निकै प्रभाव पारेको छ । बिहीबार रातिदेखि चलेको हावाहुरी र परेको वर्षाका कारण विभिन्न स्थानमा स्थापना गरिने सरस्वतीको प्रतिमा स्थापित हुन नसकेको हो । स्थापित गर्नका लागि बनाइएका स्टेजहरु कतै भत्केका छन् भने कतै पूर्णरुपमा निर्माण हुन सकेका छैनन् ।