नेपालका लागि ब्राजिलका राजदूत मरिया टेरेसा मेस्क्युटा पेस्वाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी छन् । राजदूत पेस्वाले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाई भेट गरेकी हुन् ।सो अवसरमा नेपाल र ब्राजिलबीच रही आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।