सेयर बजारमा ऐतिहासिक रेकर्ड ब्रेक भएको छ । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ विन्दुमा पुगेको थियो ।आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ । यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ ।यद्यपि