९ चैत, बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।
मल्लकी श्रीमती सिर्जना ताम्राकार आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्ना श्रीमानलाई धम्की दिने गरेको दाबी गरिन् । …