काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।
गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा स...