बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।
आजभन्दा ठीक चार दशकअघि अर्थात् सन् १९८२ मा नेपालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव स्व. शरदचन्द्र शाहको अग्रसारितामा राष्ट्रिय स्तरको खेलकुद प्रतियेगिताको अवधारणा अगाडि आएको सायदै कसैले बिर्सेका होलान् । प्रत्येक दुई वर्षमा स्वदेशमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपाली युवा खेलाडीहरूमा अनुशासन, गतिशीलता र लगनशीलता तथा […]
काठमाण्डौ – दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिदैछ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ । समापनमा दशौं संस्करणको राष्ट्...
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]
काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ। बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए। उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए। बैठकमा
३ कात्तिक, काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ […]
१ भदौ, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण असोज अन्तिम साता पोखरामा हुँदैछ । नेपाली खेलकुद क्षेत्रमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा ३९ वर्षपछि दोस्रो पटक हुन लागेको हो । यसअघि तत्कालीन गण्डकी अञ्चल सदरमुकाम पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ। यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।...
काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]
२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् । गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती […]