काठमाण्डौ – दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिदैछ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ । समापनमा दशौं संस्करणको राष्ट्...