काठमाडौँ–नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ)ले संघको बैधानिक पूर्णताको माग गर्दै विद्रोह गरेका छन्। उक्त विद्रोहलाई कलम विद्रोहको नाम दिँदै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरेका छन्। नेविसंघ लामो समय देखि अध्यक्ष मात्रैले चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको विद्यार्थीहरुको आरोप छ। विद्यार्थी आन्दोलन गलत बाटो तर्फ गैरहेको, निष्क्रिय भैरहेको बेला […]