काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै जोनसनले ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री जाेनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको 'बुस्टर' डोज लगाइने पनि बताउनुभयो । बेलायतले यही हप्ताद...