मुलुकका ७५ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ । यीमध्ये काठमाडौँ र ललितपुरमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। सुरक्षित रहेका दुई जिल्ला मनाङ र हुम्ला मात्र हुन् । डेङ्गुले महामारीकै रुप लिन थालेपछि स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि …