बैतडी : बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै विवरण संकलन गरिने भएको हो।दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेबाट शुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दश स्थानीय तह रहेका बैतडीका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।पहिलो चरणमा शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वडामा