अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

अफगानिस्तानको तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । महिलालाई काममा नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई सूचना पठाइएको छ । इस्लामी हिजाबको पालना नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय स...