नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले सरकारले हतार हतारमा पुूरानो मितिमा राजपत्र छापेर ल्याएर सरकारले किर्ते काम गरेको आरोप लगाएका छन् ।
शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् ।
उनले अदालतमा प्रश्न उठेपछि सरकारले किर्ते गरेर पूरानो मितिमा सो सूचना राजपत्रमा छापिएको बताएका हुन् ।
उनले लेखेका छन्,'संबिधानको कुनैधारा उल्लेख नग...